मौसम पूर्वानुमानः एकाध ठाउँमा हल्का वर्षा

मुलुकका पहाडी भेगमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ का एकाध ठाउँमा दिउँसो हल्का वर्षाको सम्भावना छ ।

यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मा आंशिक बदलीको सम्भावना छ । अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।



यो वर्षको मनशुन बाहिरिसकेकोले नेपालभर ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाले जानकारी दियो ।

सम्बन्धित समाचार