कर्फ्यु र सङ्कटकाल लाग्ने सन्देशबारे गृह मन्त्रालय जारी गर्यो यस्तो विज्ञप्ति

गृह मन्त्रालयले देशमा सङ्कटकाल या कर्फ्यु लाग्ने हल्ला गलत र भ्रामक भएको जनाएको छ । आइतबार राति केही व्यक्तिका मोबाइलमा नेपाल–भारत सीमामा तनाव भएका कारण सशस्त्र प्रहरी तयारी अवस्थामा बसेको, देशमा सङ्कटकाल र कर्फ्यु लाग्ने, नागरिक घरभित्रै बस्नुपर्ने लगायतका सन्देश पुगेको थियो ।

गृह मन्त्रालयले सन्देश पूर्णतः गलत र भ्रामक भएको जनाएको छ । यो घटनाको अनुसन्धान अघि बढेको पनि गृहले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।



आइतबार मोवाइल र विभिन्न सामाजिक सञ्जालमार्फत कर्फ्यु लाग्ने भएकोले नागरिक घरभित्रै बस्नुपर्ने लगायतका सन्देश सम्प्रेषण भएका थए ।

सम्बन्धित समाचार