यातायातमन्त्री वसन्त नेम्वाङलाई कोरोना सङ्क्रमण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह भएको छ । सामान्य ज्वरो र खोकी लागेका उनी अहिले मन्त्री क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।



यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो ।

सम्बन्धित समाचार