नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कात्तिक ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल कोरोना मुक्त भएका छन्। पाटन अस्पतालमा नौ दिनको उपचारपछि उनी कोरोना संक्रमण मुक्त भएका हुन्। मन्त्री पोखरेल सोमबार साँझ अस्पतालबाट डिस्चार्ज भएका उनको सचिवालयले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि गएको २४ असोजमा उनी पाटन अस्पताल भर्ना भएका थिए। २५ असोजमा उनमा संक्रमण पुष्टि भएको थियो।
मन्त्री पोखरेल भन्दा एक दिन अघि २४ असोजमा कोरोना संक्रमण पुष्टि भएका पर्यटनमन्त्री योगेश भट्टराई भने अझै संक्रमण मुक्त भएका छैनन्।
