असईसँगै गस्ती गएका प्रहरी जवान साउँद पनि मृत भेटिए

कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद पनि मृत फेला परेका छन् ।

शनिबार साँझ ८ बजे मोटरसाइकलमा गस्ती गएकामध्ये असई विक आइतबार बिहान मृत अवस्थामा मोहना नदीमा फेला परे पनि प्रहरी जवान साउँदको अवस्था भने अज्ञात थियो । साउँदको शव मोहना नदीमै फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिए ।



यसअघि घटनामा संलग्‍न रहेका एकजना तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरपछि साँउद र विकको हत्या गरेको साबिति दिएका थिए । विकले चढ्ने बा.५८प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो ।

सम्बन्धित समाचार