जसपाको अध्यक्षमा डा. बाबुराम भट्टराई चयन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा)को संघिय परिषद अध्यक्षमा चयन भएका छन् । सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो । जसपाका एक नेताले डा. भट्टराईलाई पार्टी एकताताका गरिएको सहमतिअनुसार अध्यक्षमा चयन गरिएको जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । निर्वाचन आयोगमा पार्टी दर्ता जानुअगाडि भट्टराई अध्यक्ष रहेको बताए पनि अन्तिम समयमा आएर अध्यक्षबाट भट्टराईको नाममा टिपेक्स लागेको थियो ।



परिषद्को बैठक वर्षको एकपटक अनिवार्य बस्ने र पार्टी केन्द्रीय समितिको निर्णयलाई परिषद्ले अनुमोदन गर्ने प्रावधान भएको जसपा नेता मनिष सुमनले जानकारी दिए ।

सम्बन्धित समाचार