नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कात्तिक ।

मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १ र बागमती प्रदेशका एकाध ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति सुदूरपश्चिम प्रदेशका एकाध ठाउँमा हल्का वर्षाको पूर्वानुमान गरिएको छ । अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।
यसवर्षको मनसुन बाहिरिसकेकोले देशका कुनैपनि भू-भागमा तत्काल भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
