राष्ट्रपतिको दुई महिनाको पारिश्रमिकसहित दशैं भत्ता कोरोना कोषमा

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको पारिश्रमिकसहित दशैं भत्ता कोरोना कोषमा जम्मा गरेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले बुधबार जारी गरेको विज्ञप्ति मार्फत उक्त कुराको जानकारी दिएका हुन् ।

जारी गरेको विज्ञप्तिमा , ‘कोरोना भाइरसको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गर्नु भएको व्यहोरा जानकारीका लागि अनुरोध छ’ भनिएको छ ।



यसअघि सांसदहरुले दशैंभत्ता बुझेकोमा चौतर्फी विरोध भएपछि उनीहरुले पनि भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए ।

सम्बन्धित समाचार