नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कात्तिक ।

भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल केही घन्टाको भ्रमणको लागि काठमाडौं आएका छन् । उनी काठमाडौ आएको पुष्टि उच्च सुरक्षा स्रोतले गरेको छ ।
उनी के प्रयोजनका लागि भ्रमणका आएका हुन भन्ने यकिन भएको छैन् । नोभेम्बर पहिलो साता भारतिय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा उनी नेपाल आएका हुन् ।
भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतिय दुतावासले केही बताएको छैन । पछिल्लो समय नेपाल भारत सम्बन्ध सुधारका प्रयासहरु भइरहेका छन्। रअका प्रमुख र सेनाध्यक्षको भ्रमणले यसलाई थप पुष्टि गरेको छ ।
