कोरोना सङ्क्रमणबाट कांग्रेस नेता पुनको ज्यान गयो

कोरोना भाइरसको सङ्क्रमण देखिएका डोटीका नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको बुधबार ज्यान गएको छ । केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुन केही दिनअघि बिरामी भएपछि उपचारका लाागि कैलाली गएका थिए ।

उपचारका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार निमोनियासहित कोरोना सङ्क्रमित नेता पुनको उपचारकै क्रममा ज्यान गएको हो ।



पुन नेपाली कांग्रेसका डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति सङ्घ डोटीका अध्यक्षसमेत रहेका थिए । उनका दुई छोरा र श्रीमती रहेका छन् ।

सम्बन्धित समाचार