नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ कात्तिक ।
वरिष्ठ अभिनेता हरिवंश आचार्य दम्पती कोरोनामुक्त भएका छन् । बुधबार गरेको परीक्षणको नतिजा नेगेटिभ आएको जानकारी आचार्यले सामाजिक संजाल मार्फत दिएका हुन् ।
फेसबुकमा स्टाटस लेख्दै अभिनेता आचार्यले भनेका छन् ‘हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।
नयाँ सिनेमा, टेलिफिल्म र विज्ञापन सुटिङ गर्ने क्रममा आफू संक्रमित भएको हरिवंशले बताएका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका बेला हरिवंशले कोरोनालाई सामान्य नठान्न आग्रह गर्दै यसपटकको दशैंमा आफ्नो घरमा टीका लगाउन समेत आफन्त र शुभचिन्तकलाई पटक पटक आग्रह गर्दै आएका छन् ।