‘भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता आपत्तिजनक’

सत्तारुढ नेकपाका नेता भीम रावलले भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट आपत्तिजनक भएको बताएका छन्।

गृह तथा रक्षामन्त्री रहिसकेका नेता रावलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले जुन ढंगले भेटे त्यो कुटनीतिक मर्यादाविपरित समेत रहेको बताएका हुन् ।



‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ,’ रावलले भनेका छन्।

सम्बन्धित समाचार