पूर्व सञ्चारमन्त्री बाँस्कोटा दम्पतीलाई कोरोना संक्रमण

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँस्कोटाले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका हुन् ।

उनले पछिल्लो १० दिनदेखि कसैलाई आफूले कसैलाई नभेटेको बताएका छन् । बाँस्कोटाले आफूलाई कुनै लक्षण नभएको तर श्रीमतीलाई भने लक्षण देखिएको जानकारी गराएका छन् ।



उनले आफ्नो दुई छोराको रिपोर्ट भने निगेटिभ आएको बताएका छन् ।

सम्बन्धित समाचार