वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिन अगाडिदेखि सामान्य रुघाखोकी देखिएपछि सुरक्षा मापदण्ड अपनाएर होम आइसोलेशनमा रहेका पौडेललाई संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्रीसँगै उनीकी पत्नी, एक जना सुरक्षाकर्मी, दुई जना चालक र एक जना कार्यालय सहयोगीमा विहीबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए ।



मुख्यमन्त्री पौडेल, उनका धर्मपत्नी, चालक र सुरक्षाकर्मी सबै जना सुरक्षितसँग होम आइसोलेशनमा रहेका छन् । कोरोना पुष्टि भए पनि धेरै ठूलो समस्या भने नभएको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार