नेकपा कर्णालीको संसदीय दलको बैठक आज बस्दै, विवादको छिनोफोना होला ?

कर्णाली प्रदेशको नेकपा संसदीय दलमा देखिएको विवादको छिनोफानो गर्न आज संसदीय दलको बैठक बस्दै छ। सत्तारुढ नेकपाको केन्द्रमासमेत निकै चर्चा पाएको यो विवाद समाधानको लागि नेकपा प्रदेश संसदीय दलको बैठक बस्न लागेको हो।

बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको नेकपा कर्णाली प्रदेश सभा संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन्। नेपालीका अनुसार बैठकमा संसदीय दलमा पेस भएको मुख्यमन्त्रीसमेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।



उनले केन्द्रले समेत मिलाउन नसकेको प्रदेश संसदीय दलको विवाद अब प्रदेशबाटै मिल्ने दाबी गरिन्। मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावका अगुवा पार्टीका प्रदेश सहइन्चार्ज यामलाल कँडेल पक्ष भने बैठकको पक्षमा नरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरु आजको बैठकमा सहभागी हुने छैनन्।

 

 

सम्बन्धित समाचार