नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कात्तिक ।
फ्रान्समा कोरोना भाइरसका संक्रमितको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । उनीहरूले पछिल्लो समयमा कोभिडका संक्रमित झनै बढेको बताएका हुन् । प्राप्त समाचारअनुसार गएको २४ घण्टामा मात्र फ्रान्समा ५२ हजार जनामा कोभिडको संक्रमण भएको पाइएको हो ।
गएको २४ घण्टामा ५२ हजार जनामा कोभिड भएको सोमबार यहाँको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ । सो एजेन्सीले यहाँ गएको शनिबार मात्र ४५ हजार जनामा नयाँ संक्रमण देखिएको जनाएको थियो भने सोमबार ५२ हजारमा नयाँ संक्रमण भएको पाइएको बताएको थियो ।
यहाँ महामारी सुरु भएदेखि यताको संख्या हेर्दा ११ लाख भन्दा बढीमा यो संक्रमण देखिएको बताइएको छ । उक्त एजेन्सीले फ्रान्समा ११ लाख ३८ हजार जनामा संक्रमण भएको छ । यहाँ ३४ हजार जनाभन्दा बढीको यो संक्रमणबाट ज्यान गएको छ । उक्त एजेन्सीले दिएको जानकारीअनुसार यहाँका ३४ हजार ७ सय ६१ जनाको यस संक्रमणबाट ज्यान गएको हो ।