नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कात्तिक ।
चर्चित हास्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ। सोमबार फेसबुकमार्फत उनले आफू संक्रमणमा परेको जानकारी दिएका हुन्। उनलाई लक्षणसहितको कोरोना देखिएको हो।
उनले आफ्नो फेसबुक स्टाटसमा गत हप्ता आफ्ना दाजुलाई अस्पताल लाने -ल्याउने गरेको र सोही क्रममा संक्रमित भएको हुनसक्ने बताएका छन्।
त्यसैगरी उनले आफूसँगै दाजुलाई पनि कोरोना पोजेटिभ देखिएको र आफ्ना बाबुनानीहरूलाई संक्रमणको कुनै लक्षण नभएको जानकारी दिएका छन्। मनोज बिहीबारदेखि ने होम आइसोलेशनमा रहेका छन्। उनले स्टाटसमा कोरोनालाई छिट्टै जित्ने विश्वास व्यक्त गरेका छन्।