यस्तो छ आजको मौसम पूर्वानुमान

आज देशका एकाध ठाउँमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेश आंशिक बदली रहेको छ ।

दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



आज राति देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार