बडा दशैंको आज तेस्रो दिन, मान्यजनबाट टीका थाप्‍ने क्रम जारी

बडा दशैंको टीकाको आज तेस्रो दिन। आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी रहने छ। टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम पूर्णिमाको दिनसम्मै जारी रहन्छ।​

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने क्रम जारी छ। मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ।



ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दशैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक सम्बन्ध हुने विश्वास छ। नेपालको पश्चिमी भेगमा भने विजया दशमीका दिनमात्र टीका लगाउने चलन छ।

सम्बन्धित समाचार