नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कात्तिक ।
भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुरु भएको छ । २४३ सिट रहेको बिहार विधानसभामा पहिलो चरणको मतदान शुरु भएको हो । पहिलो चरणमा बिहारका ६ जिल्लामा कुल ७१ सिटका लागि मतदान शुरु भएको हो।
७१ सिटका लागि जम्मा १ हजार ६६ जना चुनावी मैदानमा छन्। पहिलो चरणको मदतानमा २.१४ करोड मतदाता सहभागी हुने अनुमान गरिएको छ। कोरोना महामारी शुरु भएयता भारतमा पहिलो पटक चुनाव हुन लागेको हो।
मतदाताहरुका लागि जनस्वास्थ्य मापदण्डको पालना अनिवार्य गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।