नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कात्तिक ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुबास खड्काले पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारबाही हुने जानकारी दिए ।
बाँके प्रहरीका अनुसार, सन्तोष थापा, मेघनाथ कचबन्दिया, नविन घिमिरे, टोपबहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्णबहादुर सुवेदी, रहमान मियालाई जुवा खालबाट पक्राउ गरिएको हो ।
