नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन्।शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै अध्यक्ष थापाले नेकपा र कांग्रेसको अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन्।

उनले भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार भएको बताउँदै देशको स्वतन्त्रता र अस्तित्ववारे समयमै सचेत बन्न सबैमा आग्रह गरेका छन्।



‘भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो’, ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘तर, सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ। देशको स्वतन्त्रता-अस्तित्वबारे समयमै सचेत बनौं।’

सम्बन्धित समाचार