कोरोना संक्रमणबाट झापाका एकै घरका दाजुभाइको मृत्यु

कोरोना संक्रमणका कारण झापाका एकै परिवारका दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–२ का चूडामणि भट्टराईका दुई छोराको मृत्यु भएको हो । जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छोरा ३० वर्षीय योगेश्वरको चार महिनाको अन्तरमा मृत्यु भएको हो । भाइ रविन भट्टराईका अनुसार दयारामको शुक्रबार बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । उनलाई १२ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

दीर्घरोगको समस्या नभएका ३८ वर्षीय भट्टराईमा निमोनियाको समस्या देखिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । दयाराम कान्छा भाइ योगेश्वरको वैदेशिक रोजगारीका क्रममा कोरोना संक्रमणका कारण कतारमा मृत्यु भएको थियो । दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कतार पुगेका योगश्वरको १५ असारमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।



मृत्युपछि उनको कतारमै अन्त्यष्टि भएको थियो । आफन्तले अन्तिम अवस्थामा शव हेर्नसमेत पाएनन् ।

सम्बन्धित समाचार