अमेरिकामा अन्तिम चुनावी प्रचारमा ट्रम्प र बाइडन, मतसर्वेक्षणमा काे अगाडि ?

अमेरिकामा आगामी मंगलबार हुने राष्ट्रपतीय निर्वाचनपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडन दुवै महत्त्वपूर्ण मानिने मध्यपश्चिमी अमेरिकी राज्यहरूमा अन्तिम चुनावी प्रचारप्रसारमा सहभागी भएका छन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको पक्षमा मतदान गरेको आयोवा राज्यमा आयोजित चुनावी अभियानका क्रममा बाइडन निकै आक्रमक रूपमा प्रस्तुत भएका थिए । त्यस्तै सन् २०१६ मै तत्कालीन डेमोक्र्याट उम्मेदवार हिलरी क्लीन्टनले झिनोअन्तरले जितेको मिनेसोटा राज्यमा राष्ट्रपति ट्रम्पले मतदाताहरूलाई रिझाउने प्रयास गरे । अहिलेसम्मका मतसर्वेक्षणहरूअनुसार राष्ट्रपति ट्रम्पभन्दा बाइडन अगाडि छन् ।



अमेरिकी इतिहासमै सबैभन्दा बढी ८ करोड ५० लाखभन्दा धेरै मतदाताहरूले चुनावको मुख्य दिन अगावै अग्रिम मतदान गरिसकेका छन् ।

सम्बन्धित समाचार