ओलीले आफू संकटमा परेपछि पार्टी विभाजनको हल्ला चलाए

सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी विभाजन गर्ने कुरा गरेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समस्यालाई विषयान्तर गर्ने प्रयास गरेको आरोप लगाएका छन् । एकजना अध्यक्षलाई संकट पर्यो भन्दैमा सिंगो पार्टी फुट्ने कुरा विषयान्तर गर्न ल्याइएको बताए ।

नेता पन्तले कम्युनिष्ट पार्टी भएर पनि संगठन र कमिटी प्रणालीमा नचलेकै कारण पछिल्लो समस्या आएको बताए। ‘कम्युनिष्ट पार्टी संगठन प्रणालीबाट चल्छ, संकट नै परेको हो भने, सचिवालय वा स्थायी कमिटि बैठक बोलाउनुपर्यो त्यसले निकास दिन्छ,’ पन्तले थपे।



सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय तिक्तता बढ्दो छ। झण्डै दुई साता लामो संवादहीनतापछि शनिबार दुई अध्यक्षबीच भएको भेटघाटमा समेत सौहार्द्धपूर्ण कुराकानी नभएको बताइएको छ। सो भेटमा ओलीले अलग अलग पार्टी बनाएर अगाडि बढ्न प्रस्ताव गरेको प्रचण्डले बताएपछि नेकपा फुट्ने चर्चा चुलिएको छ ।

सम्बन्धित समाचार