लमजुङमा आज थपिए १८ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा हालसम्मकै धेरै एकै दिन चार सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या सात हजार सात सय ४० पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आइतबार दिनभर निकालेका फरक फरक विज्ञप्तिमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा, लाइफ केयर एन्ड डाइग्नोष्टिक प्रालि पोखरा र चितवन मेडिकल कलेज चितवनको प्रयोगशालामा गरिएका परीक्षणमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो।



लमजुङमा भने आज १८ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार