नेकपा कार्यकर्ता चौरसिया हत्यामा संलग्न तिवारीसहित तीन जना पक्राउ

नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसिया हत्याका मुख्य आरोपितमध्येका उत्तम भन्ने निरन्जन तिवारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार भागेर भारत पुगेका उनलाई त्यहीँबाट पक्राउ गरेर ल्याइएको हो। नेकपा गाउँपालिका स्तरीय शपथ ग्रहण कार्यक्रममा नेकपाभित्रकै दुई पक्षबीच कुटाकुट भई गम्भीर घाइते भएका चौरसियाको मृत्यु भएसँगै अस्पतालबाटै फरार भएका उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको पर्साकी प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन्।

उक्त घटनामा तिवारी पनि घाइते भएका थिए। तिवारीले मुकेश चौरसियामाथि भाटा प्रहार गरेको पीडितका परिवारले दिएको जाहेरीमा उल्लेख छ।​



चौरसिया हत्या अभियोगमा कात्तिक ७ गते पूर्व सभासद राजकुमार गुप्तासहित १२ जना नेता कार्यकर्ताविरुद्व सरकारी वकिलको कार्यालयमार्फत जाहेरी परेपछि अहिलेसम्म तीन जना पक्राउ परेका छन् भने अन्य फरार छन्।

सम्बन्धित समाचार