नेपाल भ्रमणको व्यग्र प्रतिक्षामा छु : भारतीय सेनाध्यक्ष

नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आफ्नो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा व्यक्त गरेका छन् । भारतीय न्युज एजेन्सीले सार्वजनिक गरेको छोटो भिडियो सन्देशमा नरवणेले यो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई मजबुत बनाउन लामो बाटो तय गर्ने भनेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने अवसरका लागि आफू आभारी रहेको उनले बताएका छन् ।



भिडियो सन्देशमा नरवणेले नेपालको राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह पाउनु आफ्नो लागि ठूलो सम्मान भएको बताउँदै म नेपाल भ्रमणको व्यग्र प्रतिक्षामा रहेको बताएका छन् ।

https://twitter.com/i/status/1323579877048479745

सम्बन्धित समाचार