नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ कात्तिक ।
अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अहिलेसम्मको मतपरिणाम/रुझानमा २२३ इलेक्टोरल भोट जितेका छन् । बहुमतबाट उनी ४७ मत मात्र टाढा छन् ।
बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प चाहिँ १४५ मतका साथ पछि छन् । तर ट्रम्पले ओहायो र आयोवा जस्ता महत्त्वपूर्ण राज्यहरूमा विजय प्राप्त गरेका छन् ।
परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेको इन्डियानामा ट्रम्पले पुनः जितेका छन् जहाँ चार वर्षअघि उनले हिलरी क्लिन्टनलाई हराएका थिए। फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सल्भेनिया तथा जोर्जामा दुई उम्मेदवारले एकअर्कालाई कडा टक्कर दिने अनुमान गरिएको छ।
सन् १९९२ यता रिपब्लिकनको नियन्त्रण रहेको जोर्जा पहिलो पटक डेमोक्र्याटहरूको पोल्टामा पर्ने देखिएको छ। यतिवेला ट्रम्पले चुनावी नतिजालाई ह्वाइट हाउसबाट नियालिरहेका छन् भने बाइडनले आफ्नो निवासबाट हेरिरहेका छन्।