संक्रमित कांग्रेस नेता मन्सुरलाई श्वासप्रश्वासमा समस्या भएपछि हेलिकप्टरमा काठमाडौं ल्याइयो

कोरोना संक्रमित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सुरलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । श्वासप्रश्वासमा समस्या आएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं ल्याइएको हो ।

केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र हिँड्दा दम बढ्ने समस्या भएपछि नेता मन्सुर सोमबार वीरगञ्जको एडभान्स अस्पतालमा उपचाररत थिए । मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्जको नेसनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल आइसोलेसनममा राखेर उपचार शुरु गरिएको थियो ।



श्वासप्रश्वासमा थप समस्या भएपछि पार्टी नेतृत्वको आग्रहमा थप उपचारका लागि आज हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नेपाली कांग्रेसका महासमिति सदस्य लोकेश सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार