राष्ट्रपति निर्वाचनः ट्रम्पले धाँधली भयो भन्दै रोके मतगणना

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना एक्कासी रोकिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाको क्रममा धाँधली भएको भन्दै मतगणना रोक्न आदेश दिएपछि मतगणना रोकिएको हो । यसले गर्दा अन्तिम नतिजा आउन विलम्ब भएको छ। सत्तारूढ रिपब्लिकन दलकै केही कानूनविद्हरूले राष्ट्रपतिको आदेश गैरजिम्मेवार, गलत र आपत्तिजनक भएको बताएका छन्। मतगणनाको पछिल्लो स्थितिमा राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा देखिएको छ।

पछिल्लो अवस्थामा बाइडनको पक्षमा २३८ र राष्ट्रपति ट्रम्मको पक्षमा २१३ निर्वाचक मत प्राप्त भइसकेको छ। कुल ५ सय ३८ निर्वाचक मत मध्ये निर्वाचन जित्न २ सय ७० मत ल्याउनु पर्ने प्रावधान छ। अमेरिकी कांग्रेसको माथिल्लो सदन सिनेटमा सत्तारूढ रिपब्लिकन दलको ४७ स्थान र विपक्षी डेमोक्रयाटिक दलको ४६ स्थान भएको छ। बाँकी ७ स्थानको नजिजा आउन बाँकी छ।



यसैगरी तल्लो सदन प्रतिनिधि सभाका ४३५ स्थानमध्ये डेमोक्रयाटिक दलले १७५ र रिपब्लिकन दलले १५८ स्थान जितेका छन्। बाँकी स्थानको नतिजा आउन बाँकी छ।

सम्बन्धित समाचार