कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल गर्नका लागि आज पनि शीर्ष नेताहरुको बैठक बस्दैछ। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरी बुझाएको १६ बुँदे विरोध पत्रका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन्।

भोलि शुक्रबारको लागि कांग्रेसले १४ औँ महाधिवेशन केन्द्रीत छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। आजको शीर्ष नेताहरुको बैठकले भोलिको बैठकको एजेन्डाका विषयमा पनि छलफल गर्ने बताइएको छ।



वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाले एकलौटी ढंगले विभाग विस्तार गरेको, विधान मिचेको, महाधिवेशन टार्न खोजेको लगायतको आरोप देउवालाई लगाएको छ। एकलौटी गठन गरेको विभाग खारेज हुनुपर्ने माग पौडेल पक्षको छ।

सम्बन्धित समाचार