तीनदिने औपचारिक भ्रमण सकेर भारतीय सेनाध्यक्ष स्वदेश प्रस्थान

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमण सकेर शुक्रबार अपराह्न स्वदेश फर्किएका छन्। उनी भारतीय दूतावासबाट नारायणहिटी पुगी हेलिकोप्टरबाट विमानस्थलसम्म पुगेका थिए। बुधबार बिहान नेपाल आएका नरवणे केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका छन्।

भ्रमणका क्रममा नरवणेले विहीबार राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाली सेनोका मानार्थ सेनापतिको उपाधि ग्रहण गरेका थिए। स्वदेश फर्किनुअघि उनले शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए।



विमानस्थलबाहिर उनको विरोधमा केही व्यक्तिले नाराबाजी गरे पनि उनको कारगेडमात्र विमानस्थलतर्फ गएको थियो। उनी र उनकी पत्नी बिना भने हेलिकोप्टरबाट विमानस्थल पुगेका थिए।

सम्बन्धित समाचार