कांग्रेसका नौजना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि

नेपाली कांग्रेसका थप नौजना केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यसमितिको बैठकको सम्मुखमा गरिएको परीक्षणमा नौजना केन्द्रीय सदस्यहरुलाई संक्रमण पुष्टि भएको हो । केन्द्रीय कार्यालयमा विहीबार भएको परीक्षणमा केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, किरण यादव, सुजाता परियार, कृष्णकिशोर घिमिरे, श्याम घिमिरे र मोहम्मद सिद्धिकीलाई कोरोना पोजेटिभ देखिएको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

त्यसअघि केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु, शिव हुमागाई र फर्मुल्लाह मन्सुरलाई संक्रमण पुष्टि भएको थियो । केन्द्रीय कार्य समितिको बैठक बस्ने भएपछि विहीबार कांग्रेस पार्टी कार्यालयमा ८२ जनाले कोरोना परीक्षण गराएका थिए ।



संक्रमित नेताहरुको स्वास्थ्य अवस्था भने सामान्य छ । यसअघि कोरोना संक्रमणकै कारण केन्द्रीय सदस्य मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर भएको थियो । हाल कोरोना नेगेटिभ देखिए पनि उनी उपचाररत छन् ।

यसअघि १८ असोजमा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापासहितलाई कोरोना संक्रमण भएपछि १९ असोजको केन्द्रीय कार्यसमिति बैठक नै स्थगित भएको थियो । कांग्रेसका महामन्त्री डा। शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, गगन थापा, डिना संग्रौला, जीवनबहादुर शाही, अजय चौरसिया, रमेश रिजाल लगायतले कोरोना जितिसकेका छन् ।

 

सम्बन्धित समाचार