महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा मेहता पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले एक जना आफ्नै महिला कर्मचारीलाई करकापमा पारेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज गाउँपालिका वडा नम्बर-७ राजगङ्ज सिनुवारीका महेन्द्रप्रसाद मेहता रहेका छन् ।

उनीमाथि ३० वर्षीया एक महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले मेहतालाई विहीबार घरबाटै पक्राउ गरेको हो । उनले करकापमा पारेर ती महिला कर्मचारीलाई पटक-पटक जबरजस्ती करणी गरेका थिए ।



उनलाई शुक्रबार नै सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद लिएर थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले पुष्टि गरे । पीडित महिलाको शुक्रबार नै इनरुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार