नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कात्तिक ।
बलिउड अभिनेत्री सन्नी लियोनको एक तस्वीर अवतारले सबैलाई हैरान बनाएको छ । उनी पछिल्लो समय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनी आफ्नो निजी जीवनसँग सम्बन्धित कुराहरु सामाजिक सञ्जालमार्फत फ्यानहरुका लागि साझा गर्दै आएकी छिन् ।
कोरोना महामारीपछि उनी केही समयको लागि अमेरिकामा थिइन् । झण्डै ६ महिना लामो अमेरिका बसाई सकेर उनी भर्खर मुम्बई फिर्ता भएकी छिन् ।उनले यो खबर आफ्ना फ्यानहरूसँग साझा गर्दै इन्स्टाग्राममा एक तस्वीर पनि राखेकी छिन् । उडानको समयमा क्लिक गरिएको तस्वीर अहिले निकै भाइरल भइरहेको छ ।
उनी तस्वीरमा कालो टीशर्ट र कालो स्वेटशर्ट लगाएको देखिन्छिन, र आफ्नो कपाल खुला राखेकी छिन् । सन्नी लियोनलाई अनुहारमा कालो मास्क र कोरोना सुरक्षा गियर (चश्मा) लगाएको देखिन्छ ।
सन्नीको यो लुक एकदम राम्रो देखिएको छ । उनले चित्रको क्याप्शनमा उनले आफु ६ महिनापछि घर (भारत) फर्किएको बताएकी छिन् । क्याप्शनमा उनले लेखिन्, ‘६ महिना पछि अब घर मुम्बई फर्कने समय आएको छ । नयाँ साहसिक कार्य’ उनको यो तस्वीरलाई लाखौँ व्यक्तिहरुले मन पराएका छन् । यो समाचार तयार पार्दासम्म ७ लाख ६८ हजारभन्दा बढिले लाईक गरेका छन् भने, ४ हजार ८ सयभन्दा बढिले फोटोमा कमेन्ट गरेका छन् ।