नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कात्तिक ।

कोरोना भाइरसबाट संक्रमित डा. बाबुराम भट्टराई र उनकी पत्नी अझै निको भएका छैनन्। आइतबार बिहान फेसबुकमा दुवै जना सँगै रहेको तस्बिर सार्वजानिक गर्दै डा. भट्टराइले लेखेका छन्, ‘बूढाबूढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै। लडाइँ केही लामै होला जस्तो पो छ त !’
जनता समाजवादी पार्टीका नेता समेत रहेका भट्टराईमा कोरोना संक्रमण रहेको यही कार्तिक ८ गते पुष्टि भएको थियो ।
भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोना संक्रमणपछि अहिले होम आइसोलेसनमै रहेका छन् । उनीहरुमा सामान्य लक्षण देखिएपनि कुनै असहज परिस्थितिको सामना गर्नु नपरेको बताइएको छ ।
