माधव नेपाल समूहलाई कन्भिन्स गर्ने प्रधानमन्त्री ओलीको प्रयास, के भयो आज बालुवाटारमा ?

प्रधानमन्त्री केपी ओलीले नेता माधवकुमार नेपाल समूहलाई प्रचण्डको पछि नालाग्न आग्रह गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बालुवाटार बोलाएर पूर्व एमालेको अस्तित्व जोगाउन र नेतृत्व लिन आग्रह गरेका थिए ।

भेटमा ओलीले आफ्नो स्वास्थ्यअवस्थाले पनि यो कार्यकालपछि सक्रिय राजनीति गर्ने अवस्था नरहेको भन्दै माधव नेपालले नै अबको नेकपाको नेतृत्व लिनुपर्ने बताएका थिए । ‘महाधिवेशनको मुखमा आएर पूर्वएमालेहरु मिल्नुपर्ने अबस्थामा तपाईहरु प्रचण्डको पछि लागिरहनुभएको छ । यसरी त नेकपा नै पूर्वमाओवादीमय हुने भयो’, छलफलमा ओलीले भनेका थिए ।



नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन शनिबार प्रधानमन्त्री ओलीलाई लिखित पत्र दिएपछि ओली दवावमा परेका छन् । उनले पूर्वएमालेलाई एक बनाउने पहल गरिरहेका छन् । पूर्वएमालेलाई एक बनाउन नसकेमा प्रचण्डसँग अषन्तुष्ट नेताहरुलाई आफूतिर तानेर संसदीय दलमा बहुमत समर्थन जुटाउने प्रयासमा ओली रहेका छन् ।

सम्बन्धित समाचार