डोनाल्ड ट्रम्पलाई डिभोर्स दिने तयारीमा श्रीमती मेलानिया

राष्ट्रपतिमा पराजित डोनाल्ड ट्रम्पलाई श्रीमती मेलानियाले डिभोर्स दिने भएकी छन् । डेली मेलकाअनुसार पत्नी मेलानिया पति ट्रम्प राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि सम्बन्धविच्छेद गर्ने तरखरमा छिन् ।

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको वरिष्ठ सल्लाहकारको रुपमा नियुक्त भएकी पूर्वसहयोयी स्टेफानी वोल्कोफले ट्रम्पको ह्वाइटहाउसमा छुट्टै बेडरुम भएको र उनीहरूको सम्बन्ध ‘लेनदेन’ मात्र भएको दाबी गरेकी छन् ।



अर्का सहयोगी ओमारोसा मानीगल्ट न्यूूम्यानले पनि ट्रम्प दम्पतीको १५ वर्षे वैवाहिक सम्बन्ध सकिएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘ट्रम्प कतिवेला पदबाट बाहिर आउलान् र सम्बन्ध विच्छेद गरौं भनेर मेलानिया प्रतिक्षामा छिन् ।’

५० वर्षिया मेलानियाले आफ्नो र ट्रम्पको वैवाहिक सम्बन्ध राम्रो भएको दाबी गर्दै आएपनि सार्वजनिक स्थलमा दुईबीच सौहार्द सम्बन्ध थिएन ।

सम्बन्धित समाचार