मीन विश्वकर्माको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा सुधार भएको छ। चिकित्सकहरुले ७२ घण्टे ट्रायल पछि उनलाई भेन्टिलेटर बाट पनि निकालेका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका विकको फोक्सोमा पानी जमेपछि स्वास्थ्यमा गम्भिर समस्या आएको थियो। स्वकीय सचिव विकका अनुसार ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत विकको गत मंगलबार मात्रै होस खुलेको थियो। होस खुले पनि राम्रोसँग बोलचाल गर्न नसकेपछि चिकित्सकहरुले भेन्टिलेटरमै राखेर थप उपचार जारी राखेका थिए।



गत कात्तिक १ गते कोरोना कोरोना पुष्टि भएपछि विश्वकर्मा आफ्नै निवासमा होम आइसोलेसन बसेका थिए। स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनी कात्तिक ९ गते वीर अस्पतालको भीआइपी क्याबिनमा उपचारका लागि भर्ना भएका थिए। कोरोना सँगै फोक्सोको निमोनियाँले ग्रस्त भएपछि उनी ग्राण्डी अस्पताल भर्ना भएका थिए।

सम्बन्धित समाचार