प्रधानमन्त्रीले किन बोलाए विवाद समाधान कार्यदलका सदस्यहरुलाई बालुवाटार ?

प्रधानमन्त्री केपी ओलीले गत साउन ३० गते गठन गरिएकोविवाद समाधान कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । नेकपा स्थायी कमिटीमा उत्पन्न विवाद सुल्झाउन साउन ३० गते कार्यदल बनाइएको थियो । यही कार्यदलले बनाएको प्रतिवेदनका आधारमा स्थायी कमिटीले तत्कालिन विवाद समाधान गरेको थियो ।

कार्यदलले पेस गरेको प्रतिवेदन कार्यान्वयनमा समस्या र नेताहरुको आ-आफ्नै बुझाइ भएपछि थप छलफलका लागि सदस्यहरुलाई बालुवाटार बोलाइएको बताइएको छ । यद्दपी पूर्वमाओवादी निकट सदस्यहरु भने बालुवाटार नजाने भएका छन् ।



महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलका सदस्यहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन् ।

सम्बन्धित समाचार