संस्थापन पक्षसँग सैद्धान्तिक सहमति भएपछि पौडेल पक्षको छुट्टै बैठक बस्दै

जारी विवादमा संस्थापन पक्षसँग सैद्धान्तिक सहमति भएपछि सोमबार कांग्रेसका पौडेल पक्षका नेताहरूको बैठक बस्दै छ । बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा भएको छलफल, १६ बुँदेमाथि संस्थापनको धारणा र महाधिवेशनको पूर्वतयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

बैठक जुममार्फत दिउँसो १ बजे बस्ने पौडेल पक्षका एक नेताले जानकारी दिए । ती नेताका अनुसार देउवाले विधानविपरीत गठन गरेको विभाग खारेज नगर्ने भनेपछि उत्पन्न परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । हिजो देउवानिवास बुढानीलकण्ठमा बसेको बैठकले पौडेल समूहले उठाएको १६बुँदे मागमा सैद्धान्तिक सहमति भएको थियो ।



सभापति देउवाले विधानविपरीत चारवर्षे कार्यकाल गुज्रिसकेपछि महाधिवेशनको मुखको गठन गरेका विभागको खारेजी गर्न भने मानेका छैनन् । बैठकमा केन्द्रीय समितिको बैठकका सम्बन्धमा समेत रणनीति बनाउने बताइएको छ ।

सम्बन्धित समाचार