ओलीले सचिवालय बैठक नबोलाएपछि प्रचण्डले बोलाए औपचारिक बैठक

लिखित आग्रह गर्दापनि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठक नबोलाएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक बैठक बोलाएका छन् । पार्टीको मुख्यालय धुमबाराहीमा बेलुकी ४ बजेका लागि प्रचण्डले बैठक बोलाएका हुन् ।

यसअघि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन लिखित पत्र नै बुझाएका थिए । हिजो सोमबारसम्मको अल्टिमेटम दिएर सचिवालय बोलाउन ओलीलाई आग्रह गरेपनि नबोलाएपछि प्रचण्डले कार्यकारी अधिकार प्रयोग गर्दै बैठक बोलाएका हुन् ।



यसअघि पनि सचिवालयका बहुमत सदस्यहरु धुम्बाराहीमा अनौपचारिक बैठक बसेका थिए। अध्यक्ष दाहालले बोलाएको अनौपचारिक बैठकमा ओली खेमाका इश्वर पोखरेल, बिष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएनन्।

सचिवालयको बहुमत सदस्यले बैठकका लागि सहमति माग गर्दा समेत नदिएपछि अध्यक्ष दाहालले आफ्नो अधिकार प्रयोग गरेर बहुमत सदस्यसहित औपचारिक बैठक राख्न लागेका हुन्। यो बैठकमा सबै सचिवालयका सदस्यहरुलाई आमन्त्रण गरेको भएपनि ओली पक्षले बहिस्कार गर्ने बुझिएको छ ।

सम्बन्धित समाचार