नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कात्तिक ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेको सचिवालय बैठक सकिएको छ। आज अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसेको प्रचण्डसहित पाँच सचिवालय सदस्य उपस्थित अनौपचारिक बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई कात्तिक २७ गतेसम्म सचिवालय बैठक राख्ने समय दिने निर्णय गरेको छ ।
प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले सचिवालय बैठक राख्न लिखित रूपमै अध्यक्ष ओलीसँग माग गरेका थिए। आज बैठक बस्नुअघि प्रचण्डले ओलीसँग भेटेका थिए। आजको भेटमा ओलीले सचिवालय बैठकको लागि केही समयको माग गरेका थिए । ओलीको आग्रहमा प्रचण्डले २७ गतेसम्म कुर्ने जवाफ फर्काएका थिए ।
आज बैठक अनौपचारिक रूपमा बसेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ। सहमतिमै सचिवालय बैठक बस्न आफूहरूले प्रयत्न गरिरहेको श्रेष्ठले बताएका छन्।
आजको बैठकमा सहभागीहरुले २७ गतेपनि ओलीले सचिवालय बैठक नबोलाए बहुमत सदस्यहरुकै सहभागीतामा सचिवालय बैठक बूस्ने र स्थायी कमिटीको आव्हान गरेर सोही बैठकमार्फत प्रधानमन्त्री ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय भएको स्रोतको दाबी छ ।
