नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कात्तिक ।

नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छोटो कुराकानी भयो । पार्टी कार्यलयमा सचिवालय बैठक बोलाएर बालुवाटार पुगेका प्रचण्डलाई ओलीले नरम शैलीमा कडा धम्की दिएका थिएका छन् ।
प्रधानमन्त्री ओलीको धम्कीपछि प्रचण्डले आजको बैठकलाई अनौपचारिक बनाएका थिए । बैठकले २७ गतेसम्म सचिवालय बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेर सम्पन्न भएको थियो ।
आजको भेटमा प्रचण्डले सचिवालय बैठक नबोलाए आफूले बैठक बोलाएर अगाडि बढ्ने बताएपछि ओलीले नरम भाषामा ‘तपाईंहरुले मबिरुद्ध एक्सन लिनुभयो भने म तपाईंहरुबिरुद्ध पनि महाएक्सन लिन्छु’ भन्ने जवाफ फर्काएका थिए । ओलीको धम्कीपछि प्रचण्ड एक कदम पछाडी हटेका छन् ।
