बिहार निर्वाचनः एनडीएलाई बहुमत, आरजेडी बन्यो ठूलो पार्टी

भारतको बिहार विधानसभा चुनावमा एनडीए गठबन्धनलाई पूर्ण बहुमत प्राप्त गरेको छ। २ सय ४३ विधान सभा सिटमा मुख्यमन्त्री नितिशकुमार नेतृत्वको एनडीएले १ सय २५ सिट प्राप्त गरेको छ। बिहारमा सरकार बनाउन १ सय २२ सिट आवश्यक पर्छ। तेजस्वी यादव नेतृत्वको महागठबन्धनलाई भने १ सय १० सिट प्राप्त भएको छ।

पार्टीगत रुपमा जनता दल युनाइटेड (जेडीयु) ४३ स्थानमा विजयी भएको छ। महागठबन्धनको नेतृत्व गर्ने राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ विधान सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ। भारतीय जनता पार्टी (भाजपा) ७४ सिटका साथ दोस्रो नम्बरमा आएको छ। यसअघि सन् २०१५ मा भएको निर्वाचनमा आरजेडीले ८० र भाजपाले ५३ सिटमा चुनाव जितेको थियो।



यो चुनाव भाजपाले सिट बढाएको छ भने २०१५ मा २७ सिटमा चुनाव जितेको कांग्रेस यो चुनावमा जम्मा १९ सिटमा खुम्चिएको छ। कम्युनिष्ट पार्टीले १६ सिट हात पारेको छ।जीतसँगै नितिशकुमार सातौै पटक बिहारको मुख्यमन्त्री बन्ने पक्का भएको छ।

सम्बन्धित समाचार