के ओली क्याम्पमा गएर उपप्रधानमन्त्री बन्दैछन् वामदेव गौतम ?

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी ओलीको क्याम्पमा गएर उपप्रधानमन्त्री बन्नसक्ने अड्कलबाजीकाबीच गौतमले वर्तमान सरकारमा सहभागी नहुने भएका छन् । उनले ओलीविरोधी क्याम्प पनि नछाड्ने पनि बताएका छन् ।

गौतम निकट स्रोतका अनुसार उनले आफू वर्तमान सरकारमा नजाने स्पष्ट पारेका हुन् । सर्वोच्च अदालतले वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा रहन नदिनु र मन्त्री बन्नबाट रोक्नु भनी दायर रिटको संवैधानिक इजलाशले अन्तरिम आदेश गर्नुनपर्ने भनेपछि गौतमको मन्त्री बन्ने ढोका खुलेको थियो । उक्त फैसलालाई नेकपाको वर्तमान विवादसँग समेत जोडेर हेरिएको छ ।



गौतमलाई आफ्नो क्याम्पमा ल्याउन ओलीले उनलाई उपप्रधानमन्त्री बनाउनसक्ने चर्चा समेत छ । ओलीनिकट नेताहरुले सामाजिक सञ्जालमा त्यस्तै आशयको सन्देश दिएका छन् । तर, गौतमले आफूलाई पटक पटक धोका भएको भन्दै ओली पक्षमा नजाने निकटस्थसँग स्पष्ट पारेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित समाचार