नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ कात्तिक ।
हिन्दुहरूको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफ इन्स्योरेन्सको इनहाउस टिमले मार्मिक र हृदयस्पर्शी शब्दहरूलाई सङ्गीत संयोजन गरी शुभकामना गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
गीतमा शुभकामना मात्र छैन । यसले भिडियोले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा, बीमा सम्बन्धी सचेतनामा समेत ध्यान खिच्ने प्रयास गरेको छ । स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाउँलाजस्ता उत्प्रेरणासमेत यस गीतले समेटेको छ ।
म्युजिक भिडियोमा मेघेन्द्रप्रकाश गिरीको हृदयस्पर्शी शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्नसिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा कर्णप्रिय स्वर दिएका छन् भने संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्नसिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् ।
गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरूरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ भने नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई रंगाउन उद्घोष गरिएको छ ।