मैले पद मागेर लिएको हैन, पदमा नरहेपनि मेरो गुजारा चल्छ : खतिवडा

अमेरिकाका लागि प्रस्तावित राजदुत युवराज खतिवडाले आफुले पद मागेर नलिएको बताएका छन् । राज्यले जिम्मेवारी दिएपछि अहिले राजदुत भएको बताए। विहीबार संसदिय सुनुवाइ समिति बैठकमा उनले भने, ‘मैले पद मागेर लिएको हैन । कर्मचारीले प्रमोसन माग्छन् । स्वभाविक हो । तर राजनितीक नियुक्ति राज्यले दिएर आएको हुँ । पदमा नरही गुजारा नचल्ने पनि हैन मेरो । मेरो अनुभवलाई राज्यले जिम्मेवारी दियो ।’

समिति सदस्यहरुले बैठकमा खतिवडालाई पदमा मात्रै बसिरहन खोजेको आरोप लगाएपछि खतिवडाले उक्त जवाफ दिएका हुन् । आफुले जिम्मेवारी मात्रै स्विकारेको उनको भनाइ थियो ।



‘समितिमा आईसकेपछि मलाई राजदुत बन्न मन थिएन भन्ने कुराको अर्थ छैन । मनको कुरा मनमै छ,’ उनले भने।

सम्बन्धित समाचार