नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ कात्तिक ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी ओलीको कात्तिकदेखि चैतसम्मको पूरै तलब र अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङले सोबारे जानकारी गराएका हुन् । अर्थमान्त्रालयको प्रस्तावमा सो निर्णय भएको पनि उनले बताए ।
साथै सरकारले नेपालमा चिया खेतीको दिगो विकासका लागि १७ करोड ५० लाख डलर सहायता स्वीकार गने निर्णय गरेको छ। अमेरिकाले दिने सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको हो । सार्वजनिक खर्चमा मितवियिता सम्बन्धी मापदण्ड स्वीकार गर्ने निर्णय गरेको छ।
गुरुङका अनुसार सरकारले केही वस्तुमा कर घटाउने र पुस्तक आयातमा लगाइएको १० प्रतिशत कर खारेज गर्ने, केही स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ।सरकारले कोरोनाको खोपका लागि कार्ययोजना स्वीकृत गर्दै सरकारी अस्पतालमा कोरानाको परिक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै गुरुङले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गर्ने, कृषि मन्त्रालयको प्रस्तावमा जि टु जिमार्फत रासायनिक मल किन्न स्वीकृत दिएको छ। त्यस्तै स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न कृषिमन्त्री घनश्यामल भुसालको संयोजकत्वमा तीन सदस्य कार्यदल बनाउन अध्ययन कार्यदल बनाएइको छ।
सरकारले सेती राजमार्गका लागि २३३ हेक्टर जमिन प्रयोग गर्न दिने र धरानमा २२० केभी विद्युत् प्रसारण लाइन निर्माणका लागि अनुमति दिने निर्णय समेत गरेको छ।
